काठमाडौँ । फागुन महिनामा रू. ६२ अर्ब ९२ करोड ६८ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ । फागुन महिनामा १९ दिनमात्र खुलेको बजारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।
यो महिना कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दूरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३ अर्ब ३ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो ।
साे महिनामा सर्वाधिक रकमको शेयर कारोबार गर्ने १० कम्पनीभित्र नेपाल दूरसञ्चार कम्पनी र अपि पावर कम्पनीसँगै नेशनल हाइड्रोपावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट समेत रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस