अर्थतन्त्र

यस्ताे छ शुक्रबार सुनचाँदीकाे बजार भाउ

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३८५ रुपैयाँ झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता