स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य

काठमाडाैं । मुलुकमा नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११९५० जनाले ज्यान गुमाएका छन् ।

बुधबार २१३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४५७४ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ४ ७९० पीसीआर तथा १ हजार ३८५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता