समृद्धिको नेतृत्व नेकपा एमालेले मात्र गर्न सक्ने आचार्यको दावी
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १३:४९:०० मा प्रकाशित
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यले समृद्धिको नेतृत्व नेकपा एमालेले मात्र गर्न सक्ने दावी गरेका छन् । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं १७ अन्तर्गत तल्लो रातोपैह्रा टोलको अधिवेशनमा बोल्दै आचार्यले प्रचण्ड र माधव नेपालको कम्युनिष्ट आन्दोलनलाई सत्तालिप्सा र पदलुलुपताका कारण समाप्त गर्न लागि परेको बताएका छन् । उनले नेपाल र नेपालीको समृद्धिको नेतृत्व नेकपा एमालेले मात्र गर्न सक्ने भएका कारण पछिल्लो समय एमालेमा पार्टी प्रवेश गर्नेको लहर बढेको जनाए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य एवम् वडा नं १७ का इन्चार्ज तीर्थराज अधिकारीले आफ्नो पार्टीका जनप्रतिनिधिहरुले गरेका जनमुखी कार्यहरुका बारेमा जानकारी दिदै समृद्धिको सपना नेकपा एमालेबाट मात्र सम्भव हुने बताए । उनले एमालेमा युवाहरु प्रवेशले नेकपा एमाले नै जनताको पार्टी भएको पुष्टि गर्दै गएको बताए ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य राधिका शाही योगीले एमाले सरकारमा विकास निर्माणका महत्वपूर्ण काम भएको जनाउँदै टोल टोलबाट पार्टीको जागरण अभियान शुरु भएकाले अबको चुनाबमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य सुर्वण श्रेष्ठ, पोखरा महानगर कमिटी सदस्य कृष्ण लम्साल, पोखरा १७ का अध्यक्ष रिसब तिमिला, पोखरा महानगर कमिटि सदस्य नगेन्द्र शर्मा, पोखरा १७ का सचिवालय सदस्य गोकर्ण क्षेत्री, लगायत आफ्नो धारणा राखेका थिए ।
अधिवेशनले रमाकान्त पौडेलको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । सोही अवसरमा उक्त टोलबाट नेकपा एमालेको विभिन्न जनवर्गिय संगठनमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाइ ज्ञापन सहित सम्मान गरिएको थियो ।
देवबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत गीता लामिछाने र सञ्चालन प्राणनाथ देवबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत सीता लामिछाने र सञ्चालन प्राणनाथ पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस