राजनीति
नेपाल र साउदीअरबका प्रतिनिधिबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | ११:४९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल र साउदी अरबबीच द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बैठक सुरु भएको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गरेका छन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयाममा छलफल गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री साउदसहित १८ जनाको टोली सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस