अर्थतन्त्र

प्रभु लाइफ इन्स्योरेन्सका सीईओ नारायण प्रसाद पौडेलद्वारा राजीनामा

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलले दिएको राजीनामा स्वीकृत गरेको  हो ।

गाउँ सहर संवाददाता