म्यादी प्रहरीका लागि एक हप्ताभित्र दरखास्त खुल्ने
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | १६:३४:०० मा प्रकाशित

काठमाडाैं । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिए । यता, अर्थ मन्त्रालयका प्रवक्ता धुन्डीप्रसाद निरौलाले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भएको जानकारी दिएका छन् ।
मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार ४० दिनका लागि म्यादी प्रहरीलाई भर्ना लिइने भएको छ । अब एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको समेत उनले बताए ।
म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् । म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन् ।
म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।
म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र दैनिक र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने प्रवक्ता केसीले जानकारी दिए ।
भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस