अर्थतन्त्र

ग्रीन भेन्चर्सकाे आईपीओ निष्कासन तथा विक्री चैत ८ गतेदेखि खुला

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।

कम्पनीको आईपीआलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत