निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | ०८:१९:०० मा प्रकाशित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा चयन भएका हुन् ।
यस्तै निकोलश पाण्डेले ३ सय ३७ मत पाउँदा हुमनाथ कोइरालाले ३२ मत मात्रै ल्याएका थिए ।
वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।
उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्। निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन्। यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेश बाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।
उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह-कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस