१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १६:२५:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका दुबैले बालिकालाइ फकाई फुलाइ गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले बताए । उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेको समेत बताए।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको जनाएकाे छ ।
प्रहरीका अनुसार अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न थिए । उनी गत मंसिरमा कैद भुक्तान गरी जेलबाट छुटेका थिए । गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो ।
घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो ।
बालिका रक्ताम्य अवस्थामा फेला परेकी सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाले जनाएका छन् । ‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो । ‘उपचारका क्रममा शनिबार बिहान मृत्यु भयो’ - सिटौलाले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस