अर्थतन्त्र

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कति छ बजार भाउ ?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएकोमा आइतबार तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४२५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   

गाउँ सहर संवाददाता