प्रकाश सपुतकाे ‘पिर’ म्युजिक भिडिओ किन विवादमा ?
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | ०५:२६:०० मा प्रकाशित
काठमाडौं । गीतकाे म्युजिक भिडिओ सार्वजनिक भएकाे २४ घण्टा नबित्दै गायक प्रकाश सपुतको ‘पीर’ बोलको गीत विवादमा परेको छ ।
माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।
गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनीय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ ।’
यसैगरी वाईसीयल अध्यक्ष सुमन देवकाेटाले पनि गीत हटाउन चेतावनी दिएका छन् ।
यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् ।
उनले भनेकी छन्, ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युटयुवमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ?’
उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस