गाउँ सहर
एनआरएनएकाे निर्वाचन मिति तीन दिन पछि धकलियाे
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | १५:२६:०० मा प्रकाशित
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन मिति तीन दिन पर सरेकाे छ ।
आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो ।
शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।
जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ ।
सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस