बागमती प्रदेश खेलकुद आज उद्घाटन हुँदै
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | ०८:३६:०० मा प्रकाशित

काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार विशेष कार्यक्रमकाबीच १५ दिने प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।
मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ ।
बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल,भलिबल, कराते,तेक्वान्दो,ब्याडमिन्टन,क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
एथलेटिक्सका महिला ११७ पुरुष १४३ ,फुटबलमा महिला १८० पुरुष २३४ खेलाडी रहेका छन् । भलिबलमा महिला÷पुरुष समान १२२ खेलाडी रहेका छन् ।
करातेका महिला ९१, पुरुष ११६, तेक्वान्दो ११४, पुरुष १२१ खेलाडीहरुले आ-आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला ७२ पुरुष,क्रिकेटमा ४२ महिला १६८ पुरुष र बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् ।
प्रतियोगितालाई भब्य सम्पन्न गर्न बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्,बागमतीका सदस्य–सचिव महासचिव रहेको मूल आयोजक कमिटिले बिभिन्न ५ वटा उपसमिति गठन गरेको छ ।
समारोह तथा प्रचार प्रचार उपसमितिका संयोजकमा रेसलर हिक्मत थपलिया रहेका छन् । बसोबास तथा यातायात उपसमितिको संयोजकमा धनकुमार मैनाली,पुरस्कार शिल्डमेडल तथा पोशाक उपसितिको संयोजकमा निरवहादुर थापा,स्वास्थ्य उपसमितिको संयोजकमा सपना लामा र सुरक्षा उपसमितिको संयोजकमा डिएसपी खड्ग खत्री रहेका छन् ।
८ खेलका ८ वटा प्राविधिक समिति पिप्ले क्याम्पा रंगशालामा फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल फाल्गुन २९ देखि शुरु हुने छन् ।
फाल्गुन ३० देखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुने छन् । हेटौडाको भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।
त्यस्तै काठमाण्डौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स तथा सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ ।
काभ्रेको धुलीखेल फुटबल मैदानले समापनसहित दुई खेलको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि बक्सिङ चैत्र ९ देखि शुरु हुने छ प्रतियोगिताको समापन चैत्र १२ गते हुनेछ ।
प्रतियोगितामा ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको पनि व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस