स्वास्थ्य

नेपालभर ७७ जनामा कोरोना संक्रमण पुष्टि , एक जनाकाे निधन

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा  एक जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता