राजनीति

सुरु भयाे निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच सर्वदलीय बैठक

काठमाडाैं । स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक आयोग कार्यालय कान्तिपथमा सुरु भएको हो । आयोगले बोलाएको बैठकमा १७ राजनीतिक दलका प्रतिनिधि छलफलमा सहभागी भएका छन् ।

आजको बैठकमा निर्वाचन तयारीबारे राजनीतिक दलले गरेको प्रगति विवरणबारे प्रतिनिधिलाई जानकारी गराउने कार्यक्रम छ ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

 तर, ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक ७९ दल दर्ता भएको आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता