अर्थतन्त्र

शुक्रबार पुन : बढ्याे सुनचाँदीकाे मूल्य, कति छ बजार भाउ ?

 काठमाडाैं । शुक्रबार सुनको मूल्य पुन : बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजारमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । बिहिबार सुनको मूल्य तोलामा ३५ सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।    

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४०५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४१५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

गाउँ सहर संवाददाता