फर्जी कागज तयार गरेकाे आरोपमा राष्ट्रिय वाणिज्य बैङ्कका तत्कालीन शाखा प्रबन्धकसहित चार जनाविरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १०:५२:०० मा प्रकाशित

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैङ्कका एक जना तत्कालीन शाखा प्रबन्धकसहित चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैङ्क, जुम्लाका तत्कालीन शाखा प्रमुख रामजनक चौधरीसहित चार जनामाथि कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शाखा प्रबन्धक चौधरीले वि.टी.- टौदह - फस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २, दाङ घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरूमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि भएको बताएका छन् । प्रबन्धक चौधरीले १९ लाख ३५ हजार रुपियाँको अग्रिम भुक्तानी जमानत पत्रमा हस्ताक्षर गरी लिखत तयार गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएकाे छ ।
उक्त मुद्दामा निर्माण कम्पनीका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोपराइटर अर्जुनबहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र जेभीका प्रतिनिधि पुन्नबहादुर शाही र तीनवटै निर्माण कम्पनीमाथि समेत कारबाहीको माग गरेको छ ।
तीनैजनाले अग्रिम भुक्तानी जमानी पत्र तयार गरी पेस्की लिई लाभ लिएको आयोगले दाबी गरेको हो । सडक डिभिजन कार्यालय र बोलपत्रदाता कम्पनीबीच सम्झौता भएको ठेक्का नं. ०३–०७०-०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा चौधरीबाट फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेस्की लिएको आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ ।
चारै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कारबाहीको माग गरिएको आयोगले जनाएको हो । उक्त दफाबमोजिम राष्ट्रसेवक कर्मचारी, सङ्घ–संस्था वा कुनै व्यक्तिले गलत लिखत तयार गरे कसुरको मात्रा हेरेर तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको अख्तियारले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस