गाउँ सहर

म्यादी प्रहरी भर्नासम्बन्धी सूचना निकालिएको छैन : नेपाल प्रहरी

काठमाडाैं । नेपाल प्रहरीले आगामी स्थानीय निर्वाचनका लागि सुरक्षार्थ आवश्यक पर्ने 'म्यादी प्रहरी' भर्ना सम्बन्धी सूचना प्रकाशित नभएको जानकारी दिएकाे छ । बिहीबार प्रहरीले एक विज्ञप्तिमार्फत सामाजिक सञ्जालमा राखिएको सूचना प्रहरी प्रधान कार्यालयबाट प्रकाशित नगरिएको जनाएको छ ।

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा प्रकाशित हुने प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता