राजनीति

एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो, यसले देशको विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । 

बिहीबार पर्साको वीरगञ्जमा काँग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले भने,- एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो ।’ ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ 

गाउँ सहर संवाददाता