गाउँ सहर

संखुवासभामा बस दुर्घटना, मानवीय हताहती, उद्धार जारी

काठमाडाैं । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ । बिहीबार विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

घटनामा ८ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्जव सुवेदीले जाकारी दिए ।

सडकबाट बस करिव चारसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते र मृत्यु हुनेको संख्या बारेमा जानकारी संकलन भईरहेको डिएसपी सुवेदीले जानकारी दिए । घटनाको थप बिवरण संकलन भइ रहेकाे प्रहरीले जनाएकाे छ  ।

उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले केही यात्रुलाई उद्धार गरेका छन् ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता