कांग्रेसको स्थानीय निर्वाचन अभियान योजनामा के छ ?
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १६:५०:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले `घर-घर जाऔं, कांग्रेस जिताऔं´अभियानबारे जानकारी गराएका हुन् ।
उनले 'सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी' भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए । प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबिनै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए । बुधबार बिहान देउवाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि अन्तत: देउवा सहभागी भएनन् ।
पूर्णपाठ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस