क्रीप्टोन एजुकेशन कन्सल्टेन्सी बनेपाले गर्यो स्टडि इन सिड्नी इन्फर्मेसन सेसनको आयोजना
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण मंगलबार, २०७८ | १८:०२:०० मा प्रकाशित

बनेपा । उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमै कलेजका प्रतिनिधिहरुलाई भेटघाट तथा साक्षात्कार गराउने उद्देश्यले क्रीप्टोन एजुकेशन कन्सल्टेन्सी बनेपाले कायस्थ बैङ्केटमा स्टडि इन सिड्नी इन्फर्मेसन सेसनको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा अष्ट्रेलियन हार्वर इन्टरनेसनल कलेजका रिजनल मार्केटीङ मेनेजर मुकेश धमला, अनसोर मार्केटीङ मेनेजर भेरोनिका सेन, वेष्टन सिड्नी कलेजका कन्ट्रि मेनेजर खेम तीम्सिना अनसोर मार्केटीङ अफिसर ब्रसिस सुवाल तथा टिकेएल कलेजका प्रतिनिधि सहितले बनेपामा अवस्थित क्रीप्टोन एजुकेशन कन्सल्टेन्सीमा आएल्स् र पिटिइ पढ्दै गरेका विद्यार्थीहरुलाई आफ्नो शैक्षिक संस्था, कोर्स, फिइस्ट्क्चर, स्कलर्सिप र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित विशेष सेवाहरूका बारेमा जानकारी गराइएको थियो ।
बनेपामै सायद यति धेरै विद्यार्थी र कलेजका प्रतिनिधिहरूको जमघट गरेर परामर्श प्रदान गरिएको पहिलो र उत्कृष्ट रहेको आयोजकले जानकारी गराएका छन् । बनेपाका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई भेट्न काठमाडौ नै आउनु पर्ने बाध्यतालाई यस्ता कार्यक्रमले सहजता बनाएको संस्थाका सिइओ कृष्ण गन्धर्वले जानकारी गराए ।
बनेपामै उत्कृष्ट आइल्स् र पिटीइको कक्षा सञ्चालन गरेको क्रीप्टोन एजुकेशनले भविश्यमा पनि यस्ता विभिन्न विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग छलफल तथा साक्षात्कार गराउने योजना रहेको संस्थाका मेनेजीङ डाइरेक्टर बालकृष्ण न्यौपानेले जानकारी गराए ।
नेपाली मुलुकका सहृदयी कानुनी पेसागत व्यवसायी सुमन भेट्वाल र मातृका बिमलीद्वारा अस्ट्रेलियाको सिड्नीमा संचालित अस्ट्रेलीयन हार्बर इन्टरनेसनल कलेजसमूहद्वारा NAPS - National Academy of Professional Studies नामक उच्च शिक्षा प्रदायक संस्था सञ्चालनमा आउने भएको छ । यस संस्थाले हालका लागि Bachelor of Business (Accounting) र Bachelor of Business (Islamic Business) सञ्चालनमा ल्याउने भएको छ ।
विशेषत नर्सिङ, आई टी, एजकेयर लगायतका विषय अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको उत्कृष्ट गन्तव्य अष्ट्रेलिया भैरहँदा बहुसङ्ख्यक विद्यार्थीहरु र अभिभावकहरूको छनोटमा अष्टेलियन हार्वर इन्टरनेसनल कलेज पर्न थालेको छ । नेपालमा समेत गुणस्तरीय शिक्षा हासिल गर्न गरिब तथा विपन्न वर्गका जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको अष्ट्रेलियन हार्वर इन्टरनेसनल कलेजले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जान चाहने मिहिनेती र मेधावी विद्यार्थीहरूलाई पच्चीस सय अष्ट्रेलियन डलर सम्मको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस