स्वास्थ्य

काेराेना नेपाल : पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ३ हजार १३५ पीसीआर तथा १ हजार ७९४ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत