गाउँ सहर

अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार

काठमाडाैं । अज्ञात समूहद्वारा गोली प्रहार भएको छ । धनुषामा एक युवकमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको हाे ।

जनकपुर उपमहागरपालिका वडा नं १९ शिवपुमा १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको प्रहरीले जानकारी दिएकाे छ । 

कमला नगरपालिका वडा नं ८ घर भइ शिवपुरमा मामाको घरमा आएको समयमा अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता दिपेन्द्र बस्नेतले जानकारी दिएका छन्  ।

गोली लागि घाइते भएका उनको उपचारको लागि प्रादेशीक अस्पताल जनकपुर ल्याइएको र त्यहाँ उपचार संभव नभएपछि राति नै काठमाडौं ल्याइएको उनले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत