गाउँ सहर
दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी, आगाे नियन्त्रण बाहिर
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ११:५६:०० मा प्रकाशित

काठमाडाैं । जिल्लाको दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । विद्युत् लाइन सर्ट भएर आगोलागी सुरु भएको अनुमान गरिएको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले आगोले भयानक रुप लिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताएका छन् । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।
स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौलीका लागि उडेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस