समाज

जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरुलाई जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरास्थित लेकसाइडमा कोठा भाडामा लिई वा विभिन्न होटलहरुमा यौन कार्य गराएको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा–६ कि २२ वर्षीया पुजा थापामगर, पोखरा महानगरपालिका–७ मुस्ताङ चोकका ३० वर्षीय नारायण पोखरेल, बाँके चिसापानी–९ का २२ वर्षीय विशाल योगी रहेका छन् ।

कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत