जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन पक्राउ
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ०७:०९:०० मा प्रकाशित
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरुलाई जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरास्थित लेकसाइडमा कोठा भाडामा लिई वा विभिन्न होटलहरुमा यौन कार्य गराएको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा–६ कि २२ वर्षीया पुजा थापामगर, पोखरा महानगरपालिका–७ मुस्ताङ चोकका ३० वर्षीय नारायण पोखरेल, बाँके चिसापानी–९ का २२ वर्षीय विशाल योगी रहेका छन् ।
कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस