समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिज बजारमा शपिङ्ग भाउचर
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण शनिबार, २०७८ | १०:०१:०० मा प्रकाशित
काठमाडाैं । आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो ।
नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियसमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा ३ सय रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् ।
साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको २ सय बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि रु. एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको ५ सय बराबरको शपिङ्ग भाउचर प्रदान गर्नेछ ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताएका छन् ।
साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसीसमेत व्यक्त गरेका छन् ।
उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएको र समृद्धि फाइनान्स र बिजबजारले सहकार्य गरि दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।
साथै, उनले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्दै अघि बढ्ने कुरा बिजबजारले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस