गाउँ सहर

स्कुटरको ठक्करबाट ६ वर्षिया बालिकाको मृत्यु

काठमाडाैं । स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको हाे । पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको प्रहरीले जनाएकाे छ । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन् ।

बालिकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता