विश्व श्रवण दिवस : कम श्रवण शक्तिका लक्षणहरू र कम हुन नदिन उपायहरू
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १०:१०:०० मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षका लागि ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नाराकासाथ विश्व श्रवण दिवस मनाउँदैछ ।
हरेक वर्ष मार्च ३ मा विश्व श्रवण दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे जानकारी पनि गराएको छ ।
कम श्रवण शक्तिका लक्षणहरू
१. अरूको कुरा नबुझेर बारम्बार कुरा दोहोर्याउन अनुरोध गर्नु
२. टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
३. चराचुरुंगीको आवाज नसुन्नु
४. कान कराउनु
५. बोलेको सुन्नु तर नबुझनु
६. अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
७. धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
८. रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु
श्रवण शक्ति कम हुन नदिन उपायहरू
१. चर्को ध्वनी भएको क्षेत्रमा काम गर्दा कपास, सइयर प्लगस को प्रयोग गर्ने
२. मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ
३. हेडफोनबाट गीत सुन्दा चर्को आवाज नसुनौँ
४. जथाभावी सवारी साधनको हर्न नबजाऔँ
५. ठूलो आवाज भएको ठाउँमा लामो समयसम्म नबसौँ
६. नियिमत व्यायम गरौँ
७. अरूलाइ चर्को ध्वनीबाट हुनसक्ने असरको बारेमा जानकारी दिऔँ र त्यसबाट बच्ने उपाय सिकाऔँ
८. क्लब, पार्टी प्यालेस, डान्स बारमा चर्को ध्वनीलाइ व्यवस्थित गरौँ
९.आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमै परीक्षण तथा उपचार गरौँ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस