राईजिङ्ग स्टार युथ क्लवद्वारा स्थापित पुस्तकालय शुभारम्भ
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | २१:०१:०० मा प्रकाशित

लेखनाथ । सामाजिक कार्यमा सक्रिय रहँदै आएको राईजिङ्ग स्टार युथ क्लवले पोखरा–२७ रिट्ठेपानीमा स्थापना गरेको पुस्तकालयको शुभारम्भ भएको छ । पुस्तकालयको शुभारम्भ गर्दै पोखरा–२७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले पुस्तक पढ्ने बानीको विकास गर्न आग्रह गरे ।
यस्तै भुपु सैनिक क्लव रिठेपानीका अधयक्ष सुवेदार मेजर जगबहादुर गुरुङ्गले सचेत नागरिक एवम् सभ्य समाज निर्माणमा पठन संस्कृति अपरिहार्य भएको बताए ।
क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार यम प्रसाद गुरुङ्गले स्वागत गरेका थिए भने कोषाध्यक्ष सागर गुरुङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पुस्तकालयमा विभिन्न क्षेत्र एवं उमेर समुहका लागि उपयुक्त धार्मिक, साहित्यिक एवं ऐतिहासिक महत्वका पुस्तक एवं पत्रपत्रिकाहरु रहेको क्लवले जानकारी दिएको छ । क्लवको ३ लाख ५० हजार र विभिन्न व्यक्ति एवं संघ संस्थाबाट प्राप्त सहयोग ७५ हजार गरी ४ लाख २५ हजारको लागतमा पुस्तकालय भवनको स्थापना गरिएको क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ्गले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस