कसले गर्याे सभामुख सापकाेटाविरूद्ध भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार ?
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १४:१६:०० मा प्रकाशित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सचिवालयले सभामुखकाे नाम जाेडेर अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
सचिवालयले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति लक्ष्यित गर्दै आपत्ति जनाएकाे हाे । सभामुख सापकोटाको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कूप्रचार गरेको आरोप लगाएको छ ।
एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो ।
‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिन भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी सभामुखले गर्दै आएको भन्दै सचिवालयले आफ्ना विरुद्ध ‘कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक’ रहेको बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस