काठमाडाैं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस