गाउँ सहर

संसद भवन नजिकै नो एमसीसी लेखिएकाे शंकास्पद बस्तु फेला

काठमाडाैं । संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ ।

प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ । 

अमेरिकी विकास सहायत मिलेनियम च्यालेन्ज कार्पोरेशन(एमसीसी) संसदबाट अनुमोदन भए पछि केही राजनीतिक दलहरुले त्यको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको र सोही क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हनु सक्ने प्रहरी बताएकाे छ ।

संसद भवनअगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । शंकास्पद वस्तु भेटिएसँगै सुरक्षा निगरानी बढाइएको छ ।

उक्त वस्तुलाई डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता