बन्दकाे प्रभाव न्यून, लामाे दूरीका यातायात, कलेज र विद्यालयमा सामान्य असर
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण सोमबार, २०७८ | ०८:१३:०० मा प्रकाशित
काठमाडौं । सोमबार घोषणा गरिएको नेपाल बन्द प्रभावहीन देखिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता आइतबार संसदबाट पासर गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।
बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।
राजधानीका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो । बजार तथा पसल खुलेका छन् । मुख्य सडक तथा चोकहरुमा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् ।
यसैबीच बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
बिहानको कलेज प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस