सांसदहरु तपाईं हामी भेडाबाख्रा होइनौँ, एमसीसीसँग सम्बन्धित सम्पूर्ण दस्तावेज यो सदनले हेर्न पाउनुपर्छ : झलनाथ खनाल
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १६:१६:०० मा प्रकाशित

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसीसीसँग भएका सम्पूर्ण दस्तावेज सदनमा वितरण गर्न समेत आग्रह गरेका छन् । सांसद भेडाबाख्रा नभएको भन्दै उनले देशका लागि हुने सम्झौता सबैले हेर्न पाउनुपर्ने उल्लेख गरेका छन् ।
‘सांसदहरु तपाईं हामी भेडाबाख्रा होइनौँ । हामीले देशका लागि हुन लागेको सम्झौता हेर्न पाउनुपर्छ । सभामुख महोदय, म तपाईंलाई पनि आग्रह गर्दछु’, खनालले भने, ‘एमसीसीसँग सम्बन्धित सम्पूर्ण दस्तावेज यो सदनले हेर्न पाउनुपर्छ।’
नेता खनालले आफ्नो पालमा एमसीसी सुरु भएको भन्दै हल्ला चलाएकोप्रति आपत्ति जनाएका छन् । खनालले सदमा हुने व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्ने ग्यारेन्टी गर्न समेत सरकारसँग माग गरेका छन् ।
सम्झौता अगाडि बढाउँदा सुरक्षा, सामरिक महत्वलाई सरकारले गहन ढंगले हेर्नुपर्ने उनको भनाइ छ । परियोजना कार्यान्वयनमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि निगरानी गर्न नसक्ने व्यवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।
संसदले अनुमोदनको विषयलाई नाटकजस्तो बनाउनु नपर्ने उनको भनाइ छ। ‘हामीले अनुमोदन गरेपछि संशोधन गर्नुपर्ने भए दुवै देशको समान अधिकार आवश्यक छ । एकतर्फी ढंगले संशोधन भए यो अनुमोदनको कुनै अर्थ हुँदैन’, खनालले भने ।
सम्झौतामा देखिएका विवादित धारालाई सच्याएर मात्र अनुमोदन गर्न सकिने उनले बताए । ‘यथास्थितिमा नो एमसीसी’, उनले भने, ‘व्यापक संशोधन भए मात्र अनुमोदन गर्न सकिने छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस