संसदमा एमसीसीबारे छलफल सुरु, देव गुरूङ र भीम रावलले के भने ?
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | १५:३५:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ ।
आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् ।
अर्थमन्त्री शर्माले प्रस्ताव पेस गरेपछि सभामुख अग्नि सापकोटाले बोल्नका लागि सांसद्लाई ५ मिनेटको समय दिएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसी पारितका लागि संशोधन गरिनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता गुरुङले दुईपक्षीय सहमतिका आधारमा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ भने अनुमोदन गरिनुपर्ने बताए ।
विशुद्ध आर्थिक परियोजनाका साथ अगाडी बढाउने बताउँदै शैन्य रणनीतिहरु संसोधन गरिनुपर्नेमा उनले जोड दिए। ‘आर्थिक परियोजना पहिला पनि भएका छन्,’ ्उनले भने, ‘नेपालको सार्वभौम अधिकारलाई खण्डित नहुने गरी अनुमोदन गरिनुपर्छ ।’ उनले नेपालको राष्ट्रिय कानुन, अदालत, सुरक्षा योजना खण्डित हुनु नहुने तर्क गरे ।
सदनमा आपसी सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताउँदै उनले प्रक्रियागत रुपमा समय दिएर विभिन्न बुँदामा छलफल हुनुपर्ने बताए । अहिले एक प्रक्रियाबाट ऐन बनाउने गरी एमसीसीको तयारी गरिएको उनको भनाई छ ।
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे ।
उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने ।
आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरे ।
उनले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै सरकारको आलोचनासमेत गरे । ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय हित विपरीत काम गर्नु सर्वथा गलत छ ।
व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै हो’, रावलले भने । उनले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दावी गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस