आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा १० प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | १०:४१:०० मा प्रकाशित
काठमाडौँ । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
स्टोरहरुमा विभिन्न QR प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण QR स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै QR स्कान गरी भुक्तानी गर्न मिल्ने आइएमईले जानकारी दिएकाे छ ।
साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने आइएमईले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस