राजनीति

प्रधानन्यायाधीश जबराविरूद्धकाे महाभियोग खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिएका छन् । उनले एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको बताए ।

महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्द लगायतले संवैधानिक रिट दर्ता गरेका हुन् ।

रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए । रिटमा सङ्घीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत