राजनीति
प्रधानन्यायाधीश जबराविरूद्धकाे महाभियोग खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १४:३४:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले महाभियोगविरुद्ध दुई रिट दर्ताको जानकारी दिएका छन् । उनले एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको बताए ।
महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्द लगायतले संवैधानिक रिट दर्ता गरेका हुन् ।
रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए । रिटमा सङ्घीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस