अख्तियारद्वारा तत्कालीन वन अधिकृतसहित चार जना विरुद्ध भ्रष्टचार मुद्दा दायर
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १६:०२:०० मा प्रकाशित
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन अधिकृत सहित चारजना विरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत चार जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हाे । घिमिरे सहित चार जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको जानकारी दिएकाे छ ।
आयोगका अनुसार उक्त वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिका स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम तीन लाख ६० हजार हिनामिना गरेको पुष्टि भएको छ । सो कार्यमा तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी पनि संलग्न रहेको आयोगले जनाएकाे छ ।
प्रचलित सार्वजनिक खरिद ऐन व्यवस्थाविपरीत तोक आदेश, रकम भुक्तानी दिन कार्यालय प्रमुखसमक्ष सिफारिस एवं तोकआदेशका आधारमा सम्झौता रकमको सतप्रतिशत रकम भुक्तानी दिएको थिए । सोही आधारमा ३ लाख ६० हजार सरकारी सम्पत्ति हानी नोक्सानी हुन गएको पुष्टि हुन आएकोले चार जना विरुद्ध सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस