अख्तियारद्वारा तत्कालीन वन अधिकृतसहित चार जना विरुद्ध भ्रष्टचार मुद्दा दायर
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १६:०२:०० मा प्रकाशित

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन अधिकृत सहित चारजना विरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत चार जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हाे । घिमिरे सहित चार जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको जानकारी दिएकाे छ ।
आयोगका अनुसार उक्त वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिका स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम तीन लाख ६० हजार हिनामिना गरेको पुष्टि भएको छ । सो कार्यमा तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी पनि संलग्न रहेको आयोगले जनाएकाे छ ।
प्रचलित सार्वजनिक खरिद ऐन व्यवस्थाविपरीत तोक आदेश, रकम भुक्तानी दिन कार्यालय प्रमुखसमक्ष सिफारिस एवं तोकआदेशका आधारमा सम्झौता रकमको सतप्रतिशत रकम भुक्तानी दिएको थिए । सोही आधारमा ३ लाख ६० हजार सरकारी सम्पत्ति हानी नोक्सानी हुन गएको पुष्टि हुन आएकोले चार जना विरुद्ध सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस