सम्पर्क बाहिर रहेका प्रहरी जवानलाई हाजिर हुन ७ दिने म्याद (नामसहित)
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १३:४७:०० मा प्रकाशित

काठमाडाैं । सम्पर्कमा नरहेका प्रहरी जवानलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले एक हप्ताकाे म्याद दिएकाे छ । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन एक हप्ताकाे म्याद दिएको हाे ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक एक हप्ताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एक हप्ताभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा रहेका छन् ।
यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस