लागूऔषध सहित तीन जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १३:२६:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाइ पक्राउ गरेकाे छ । कैलाली, लम्कीचुहा नगरपालिका १ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
यसैगरी कैलाली लम्कीचुहा नगरपालिका-८ गप्का बस्ने ३९ वर्षीय गोपी वखेडालाई करिब ३ ग्राम ३ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हाे । गोपीले लागूऔषधको कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध, डिजिटल तराजु र नगद ५० लाख ५ सय ३० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
बाँके, नेपालगन्ज उपमहानगरपालिका - १६ चौलिकाचोकबाट बर्दिया बढैयाताल गाउँपालिका -९ शान्तिपुर बस्ने २४ वर्षीय प्रबिण बिसीलाई करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस