सातै प्रदेशमा प्रादेशिक उद्यमशिलता परिसंवाद आयोजना हुँदै
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १२:३२:०० मा प्रकाशित

काठमाण्डौं । प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद (Provincial Entrepreneur Dialogue) हुने भएको छ । व्यवसायका प्राथमिकता र क्षेत्रहरु, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्रबीचको उच्चस्तरको परिसंवाद आयोजना हुन लागेको हो ।
कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी सरकार, निजि क्षेत्रसहितका साझेदार निकायको संयुक्त संवादबाट आर्थिक पुनःउत्थानको मोडेल र विषयहरु घोषणा पत्रमार्फत सार्वजनिक गर्न र कार्यान्वयनका लागि निरन्तर लविङ् गर्नका लागि परिसंवाद आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी विष्णु कुमार अग्रवालले जानकारी दिएका छन् ।
सोमबार नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा प्रादेशिक उद्यमशिलता परिसंवाद आयोजना गर्नका लागि नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुत गरिने परिसंघका अध्यक्ष अग्रवालले बताए ।
यस्तै विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले अहिलको आवश्यकता भनेको प्रदेश तथा स्थानिय तहका उद्यमीहरुको प्रर्वद्धन गर्नु रहेको र यो परिसंवादले निश्चय पनि प्रादेशिक स्तरमा उद्यमशिलता प्रर्वद्धन गर्न र युवा जमातलाई उद्यशिलतामा एकिकृत गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।
यो परिसंवादबाट उद्योगी व्यवासायीहरुको समस्या र चुनौतीलाई पहिचान गर्दै तीनै तहका सरकारले साना, घरेलु, मझौला तथा ठुला उद्योगी व्यवसायी कसरी सम्बोधन गरेका छन र आगामी नीति तथा योजनाहरुलाई कसरी उद्योगी व्यवसायी मैत्री बनाउने भनि सरकारलाई सुझाव दिने उद्देश्य सहित यो परिसंवाद आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
विशाल फाउन्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले सम्बन्धीत प्रदेश सरकारको समेत आयोजना हुने उद्यमशिलता परिसंवाद चैत्र मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको र परिसंवादमा भौतिक रुपमा २५० जना र २ हजारभन्दा बढि सरोकारवालाहरु जुम र फेसबुक लाइभ मार्फत सहभागी हुने जानकारी दिएका छन् ।
परिसंवादमा प्रदेश भित्र कोभिडपछिको अर्थतन्त्र, आर्थिक पुनः उत्थानको रोडम्याप, डिजीटल अर्थतन्त्र र डिजिटल नेपाल फ्रेमवर्क, स्टार्टअप उद्यमका अवसर, महिला उद्यमशिलता, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा नेपालको सम्भावना, दिगो विकासका लक्ष्य प्राप्ती लगायतका ५ देखि ७ वटा सेसनहरु रहने बताइएकाे छ ।
परिसंवादमा संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेशका आर्थिक मामिला र उद्योगमन्त्री, सचिव र योजना आयोगका उपाध्यक्षहरु, निजि क्षेत्रका वरिष्ठ उद्यमीहरु सहभागी हुने भएकाले प्रादेशिक संरचना भित्र व्यवसाय विस्तार गर्न चाहनेका लागि यो सम्मेलन उपलब्धी मुलक रहने नेपाल उद्योग परिसंघले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
- घटेको भाडा दर कार्यान्वयनमा आएन
- गर्मी ह्वात्तै बढ्यो, जनजीवन प्रभावित
- सुनको भाउ उकालो लागेको लाग्यै
- एकीकृत समाजवादीकाे हिसाबकिताब सार्वजनिक कति छ पैसा ?
- दुई जिल्ला जोड्ने पुल निर्माण ठप्प हुँदा स्थानीयलाई सास्ति
प्रतिकृया दिनुहोस