कमल थापा अदालतमा उपस्थित हुनु पर्ने
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । पहिलो गाँसमै ढुंगा भने झैं राजनीतिक अस्तित्वका लागि कमल थापा अदालतमा उपस्थित हुनु पर्ने भएको छ ।
पाटन उच्च अदालतमा मंगलबार हुने बहसमा राप्रपा नेपालको नेतृत्व हस्तान्तरसँग सम्बन्धित वैधानिक प्रमाण पेश गर्न नसके थापाको राजनीति पुनः अर्को संकटमा पर्ने देखिन्छ ।
राप्रपा नेपालको अध्यक्ष पद अवैध तवरबाट थापाले हत्याएको भन्ने दावीसहित पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीप विक्रम राणा उच्च अदालत पाटन पुगेका थिए । सो निवेदनमा उपर आदेश दिँदै उच्च अदालतले थापालाई मंगलबार सप्रमाण उपस्थित हुन निर्देशन दिएको हो ।
केन्द्रीय कार्य समितिको जानकारी बिना नै अध्यक्ष लाक्पा तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पेको भन्ने राष्ट्रिय अध्यक्ष राणाको भनाइ छ ।
गोरु चुनाव चिन्ह रहेको राप्रपा नेपालका संस्थापक अध्यक्ष तामाङसँग यस प्रकरणमा केन्द्रीय समितिको बहुमत सदस्यको समर्थन नरहेको राणाको दावी छ । केन्द्रीय समितिलाई छलेर गरेको कार्य अवैध छ भन्ने उनको भनाइ हो ।
राजेन्द्र लिङदेनसँग अध्यक्ष पदको चुनावमा पराजित भएपछि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । आफूसँग बहुमत भए पनि राप्रपा नफुटाएको भन्ने थापाको दावी छ । यद्यपि राप्रपाको एक जना मात्र केन्द्रीय सदस्य थापाको अभियानमा समाहित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस