अख्तियारद्वारा शहीद गंगालालका नक्कली पीसीआर रिपोर्ट बनाउने ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १६:२८:०० मा प्रकाशित

काठमाडाैं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बांसबारी काठमाडौंका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध मुद्दा दायर गरिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बांसबारी काठमाडौंका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हाे । यादव विरुद्ध आयोगले गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको जनाएकाे छ ।
यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो । यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको, निजले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयुको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको आयोगको आरोप रहेको छ ।
आयोगका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफुखुशी तयार पारी यादवले उपलब्ध गराएको पुष्टि भएको आयोगले जनाएको छ । उनले पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको छ ।
यादवले आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने काम गरेका थिए । साथै उनले विभिन्न मानिसहरुको बिभिन्न मितिमा पीसीआर परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारेर सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि हुन आएको छ । उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस