विश्व

विमान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

एजेन्सी । विमान दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।  एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको एजेन्सीले जनाएकाे छ । मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ ।

यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएका छन् ।

गाउँ सहर संवाददाता