भाउजुकाे हत्या गर्ने देवर प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:१२:०० मा प्रकाशित
काठमाडाैं । भाउजुकाे हत्या गर्ने देवरलाइ प्रहरीले पक्राउ गरेकाे छ । कपिलवस्तु वाणगंगा नगरपालिका-१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया रहेका छन् ।
यशोदाको गत मंसिर १० गते हत्या भएको थियो । सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो । यशोदालाई देवरले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको प्रहरीले जनाएकाे छ ।
आफ्नी श्रीमती माइत गएका बेला शम्भु त्यसदिन राति मादक पदार्थ सेवन गरेर यशोदाको कोठामा पुगेका थिए । यशाेदा एकल महिला थिइन ।
प्रहरीका अनुसार सुरूमा सहमतिमै शारीरिक सम्पर्क भएको शम्भुले बताएका छन् । दोस्रोपटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोदाले प्रतिकार गरेकी थिइन् । ‘प्रतिकार गरी म हल्ला गर्छु भनेपछि बोल्न नसकुन् भनी घाँटी थिचेर हत्या गरेको उनले बताएका छन् ।
यशोदाको शव फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरीक्षक केशवराज ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।
अनुसन्धान समितिले सम्भावित व्यक्तिहरूको पहिचान गर्ने क्रममा शम्भुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए । पोष्टमार्टम रिपोर्टमा यशोदाको स्वास नलीमा अवरोध भएर मृत्यु भएको खुलेको थियो।
पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस