बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १०:५९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । बारकाे चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको हाे । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जानकारी दिएकाे छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको निर्वाचन समितिले जनाएकाे छ । यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
निर्वाचन समितिका अनुसार फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस