घट्दैछ काेराेना संक्रमण : देशभर थप २६२ जनामा संक्रमित, ४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडौं । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ९ हजार ८१५ नमूनाको परीक्षण हुँदा आइतबार २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा ६ हजार ५७२ जनाको पीसीआर र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ ।
पीसीआर परीक्षणबाट २२९ जनामा र एन्टिजेन परीक्षणबाट ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।
.jpg)
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार ३३८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस