स्वास्थ्य

घट्दैछ काेराेना संक्रमण : देशभर थप २६२ जनामा संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ९ हजार ८१५ नमूनाको परीक्षण हुँदा आइतबार २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

गत २४ घण्टामा ६ हजार ५७२ जनाको पीसीआर र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ । 

पीसीआर परीक्षणबाट २२९ जनामा र एन्टिजेन परीक्षणबाट ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ । 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार ३३८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत