बालुवाटारमा गठबन्धनको बैठक सुरु
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | १०:५७:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका दलहरूको बैठक सुरु भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।
एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।
प्रधानमन्त्री देउवा पछिल्लो पटक फागुन १६ भित्रै सदनबाट एमसीसी अनुमोदन गरेर जाने पक्षमा जुटिरहेका छन् । त्यही क्रममा उनले फागुन ४, फागुन ६ को संसद बैठकमै एमसीसी टेवल गर्न कसरथ गरेका थिए । तर सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तयार नहुँदा अल्झिरहेको थियो । आजको सत्ता गठबन्धन दलको बैठकमा सहमति नजुटेपनि प्रधानमन्त्री संसदमा टेवल गरेर जाने तयारीमा छन् ।
तर ६ फागुनको बैठकमा नेकपा एसले आज सम्मको समय माग गरेकोले सत्ता गठबन्धनको बैठक आज फेरि बसेको हो । नेकपा एसले संसदमा टेबल गर्न सहमति दिने निर्णय हिजोको स्थायी समिति बैठकबाट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल नेपाल निवासमा भेटघाट गरेर बालुवाटार पुगेका थिए । अव आजको बैठकमा संसदमा जान सहमति दिने तयारीमा सत्ता गठबन्धन दलका अन्य घटक पनि पुगेको बताईएको छ ।
गठबन्धनमा सहमती हुन सके आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको योजना छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस